रामेछापः हेलो किसानले भन्यो- 'सामाजिक संजालमा आएको विज्ञापन हल्ला मात्रै हो, विज्ञापन खोलेका छैनौं (विज्ञप्तिसहित)

| साउन २४, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२४ साउन,रामेछाप । किसानहरुको हितमा काम गर्दै आएको हेलो किसान नेपालले आफ्नो संस्थाबाट कुनै पनि विज्ञापन नगरिएको बताएको छ । सामाजिक संजालमा संस्थाको लेटरप्याडमा १५० जना विभिन्न पटका कर्मचारी माग भएको सूचना प्रकाशन भएको प्रति आफ्नो ध्यानाकर्षण जनाउदै यो एक भ्रम मात्रै भएको स्पष्ट पारेको छ । 

 


उनले जारी गरेको विज्ञप्तिमा 'सञ्जालमा भ्रम फैलाइएको र जथाभावी पोस्ट गरेको पाइएको छ । यो भ्रम सिर्जनामा नपार्नु हुन अनुरोध गरिन्छ भनिएको छ ।' 


दुई हजार ५ सय किसानसंग प्रत्यक्ष जोडिएर किसानको टोल टोलमा पुगेर किसानहरुसंग समन्वय गरिहरको हेलो किसानले रामेछाप, सिन्धुली, कैलाली, र बैतडीमा काम गरिरहेको छ । 
केही दिन अगाडी संस्थालाई सामाजिक परिचालक, कृषि प्राविधिक, पशु प्राविधक गरि कूल १ सय ५० जना कामदार चाहिएको सूचना प्रकाशन भएको थियो । उक्त सूचना झुटो भएको हेलो किसानले बताएको छ । 

 


शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै हेलो किसानले रामेछाप, बैतडी, कैलाली, काभ्रे र उदयपुरमा कर्मचारीको विज्ञापन आफूहरुको बद्नाम गरेको बताएको छ । उसले सामाजिक संजालमा यो खालको कृयाकलाप गरेकाले खेद जनाएको छ । सबैलाई भ्रमको पछि नलाग्नसमेत आग्रह गरेको छ ।  

 विज्ञप्ति हे्ुनुहोस्

यो हेर्नुहोस् कर्मचारी माग गरेको सूचना