प्रिती-शिवालय- काठमाडौ चल्ने गाडीले यात्रुसंग मन लाग्दी भाडा लिदाँ कारबाहीमाः बढी भाडा फिर्ता

| साउन २४, २०७८ आइतबार

जिल्ला प्रहरीबाट प्राप्त फाेटाे
A A A
A A A

२४ साउन, रामेछाप  । यात्रुसंग बढी भाडा असुल्ने सवारी कारबाहीमा परेका छन् । 


आइतबार जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा चेकजाँच गरि  यात्रुसंग बढी भाडा लिएको पाइएकाेलेे कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 


रामेछापको प्रिती , शिवालय, काठमाडाैबाट यात्रा गर्दा यात्रुसंग मनलाग्दि भाडा लिएको पाइएकाे छ । बढी भाडा यात्रुलाई फिर्ता गरिएको छ । 

यात्रुहरुसँग बढी भाडा लिएको पाएकोले बढी फिर्ता गराई उक्त सवारी साधनहरुलाई यातयात ब्याबस्था ऐन बमोजिम ६ (छ)  वटा सवारी साधनहरुलाई जम्मा रु ९ हजार ५ सय जरिवाना गरी सवारी चालकहरुलाई कागज गरी  सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालयले भनेकाे छ । 
यी गाडीले बढी भाडा असुलेका हुन् ।