गोलोञ्जोरः कल्याण अधरभूत माविमा अक्षय कोष स्थापना

| साउन २४, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

रामेछाप २४ साउन । स्वर्गिय द्रोण राज कोइरालाको छैठौ बार्षिक पुण्यतिथिको अवसर पारेर कल्याण आधारभुत विद्यालय गोलन्जोर ६ हैवारवेसीमा द्रोण राज कोइरला स्मृति अक्षय कोष २०७८ स्थापना गरिएको छ । 

 


सो अवसरमा आयोजित एक कार्यक्रमका अवसरमा स्वर्गीय कोइरालाका छोरा उदय प्रसाद कोइरालाले अब हरेक वर्ष कक्षा ५ मा पढने जेहेन्दार दुइजना विद्यार्थीलाई एक लाख को अक्षय कोषबाट शैक्षिक सामाग्री वितगरण गर्ने बताए  ।


विद्यालय ब्यवस्थापन समितिका जेष्ठ सदस्य पूर्ण माया माझीको अध्यक्षता एवं गोलन्जोर गाउपालिकाका शिक्षा शाखा प्रमुख ठाकुर प्रसाद दाहालले वालवालिकाहरुमा पढ्ने वानीको विकासका लागि सहयोग गर्ने बताए । 

 


उक्त पुरस्कार हरेक वर्ष स्वर्गीय कोइरलाको बार्षिक पुण्यतिथिको अवसर पारेर विद्यालय परिसरमा एक समारोहको आयोजना गरी वितरण गर्ने योजना रहेको स्वर्गीय कोइरालकी धर्मपत्नी कुल देवी कोइरालाले बताइन् ।
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार