कांग्रेसको महाधिवेशन गर्न नसकेको भन्दै नेत्त्रित्वमाथि पौडेलको आक्रोशः"सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्''

| साउन २५, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२५ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चार वर्षमा पनि पार्टीको महाधिवेशन गर्न नसकेर वर्तमान नेत्त्रित्व चरम असफल भएको दाबी गरेका छन् । 
पौडेलले तोकिएको मितिमा विधानले कार्यकाल तोकिएको छ ।

 

सोमबार बिहानै सामाजिक संजालमा आफ्नो धारणा लेख्दै उनले असाधारण परिस्थिति भनेर एक वर्ष थपियो । देशको संविधानलाई समातेर छ महिना बढाइयो । यो अबदीमा पनि पार्टी सभापतिले महाधिवेशन नगरेर चरम लापरबाही गरेको पुष्टि भएको लेखेका छन् । 

 


आज आएर त्यस भित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोग संग भिख माग्ने निरीह अवस्थामा पुर्याइएको उनको दाबी छ ।


नेता पौडेलले यहाँ भन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ रु भन्दै प्रश्न गरेका छन् । उनले यो देशकै विडम्वना हो । सर्वत्र असफल व्यक्तिहरु वारंवार सत्ता समाल्न पुग्छन् भन्दै आक्रोश पोखेका छन् । 
 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार