गगन थापाको स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीलाई प्रश्नः कक्षा १२ को परीक्षा स्थगित हुने, त्रिविको नहुने ?

| साउन २५, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२५ साउन,काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले कक्षा १२ को परीक्षा स्थगित हुने त्रिभुवन विश्व विद्यालयले संचालन गर्ने परीक्षा स्थगित नहुने भन्दै कस्तो खालको बन्द हो ? भन्दै प्रश्न गरेका छन् । 

 


सोमबार बिहान टुवीट् गर्दै थापाले कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित हुने तर अन्य परीक्षा सञ्चालन यसको आधार र तर्क के होरुयस विषयमा भन्दै प्रश्न गरेका छन् ।

 
कोरोना महामारी बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले कक्षा १२ को साउनको ३१ गतेदेखि हुने परीक्षा अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरेको छ । 


नेता थापाले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री शेरबहादुर देउवालाई १२ कक्षाको परीक्षा स्थगित हुने अरु परीक्षा चल्ने कसतो खालको बन्दै हो रु भनेर सोधेका छन् ।

 

 

उनले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर वैकल्पिक माध्यामबाट परीक्षा सञ्चाल गर्नु पर्नेमा जोड् दिनु पर्ने बताएका छन् । 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार