सुन आज तोलामा एक हजारले घट्योः ८९ हजारमा कारोबार हुदै
फाइल फोटो
२५ साउन, काठमाडौं । सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार सुनको मूल्य तोलामा ८९ हजार झरेको छ । आज सुन एकै दिनमा एक हजारले घटेको हो ।
हिजो पनि सुनको मूल्य घटेको थियो । आइतबार सुन एक हजार पाँच सय रुपैयाँले सस्तिएको थियो ।
आइतबार सुन शुक्रबारको मूल्यमा १५ सयले घटेर तोलाको ९० हजारमा कारोबार भएको थियो।
सोमबार चाँदी २५ रुपैयाँले घटेको छ । योसंगै एक हजार दुई सय १५ रुपैयाँ कामय भएको छ ।
दुई दिनमा चाँदी ५० रुपैयाँले घटेको हो। अघिल्लो दिन चाँदी तोलाको १२ सय ४० रुपैयाँ थियो।
