सुन आज तोलामा एक हजारले घट्योः ८९ हजारमा कारोबार हुदै

| साउन २५, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२५ साउन, काठमाडौं । सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार सुनको मूल्य तोलामा ८९ हजार झरेको छ । आज सुन एकै दिनमा एक हजारले घटेको हो । 

 

हिजो पनि सुनको मूल्य घटेको थियो । आइतबार सुन एक हजार पाँच सय रुपैयाँले सस्तिएको थियो । 

 

 

आइतबार सुन शुक्रबारको मूल्यमा १५ सयले घटेर तोलाको ९० हजारमा कारोबार भएको थियो।


सोमबार चाँदी २५ रुपैयाँले घटेको छ । योसंगै एक हजार दुई सय १५ रुपैयाँ कामय भएको छ ।

 

 

दुई दिनमा चाँदी ५० रुपैयाँले घटेको हो। अघिल्लो दिन चाँदी तोलाको १२ सय ४० रुपैयाँ थियो।
 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार
रामेछाप टाइम्स
| साउन १, २०७८ शुक्रबार