घ्याप्चेको पहिरोः तत्काल तीन–चारवाट ड्याम निर्माण गरेर ठूलो क्षेती रोक्न सकिने स्थलगत् निरीक्षण टोलीको निश्कर्ष (फोटोफिचर)

| साउन २६, २०७८ मंगलबार

फोटो देवशंकर पौडेलको फेस्बुकबाट साभार
A A A
A A A

२६ साउन,रामेछाप । रणजोर खोलाको “शिर” स्थित घ्याप्चेको पहिरोलाई तत्कालाई रोक्नको लागि तीन(चारवटा ड्याम निर्माण अगाडि बढाउनु पर्ने भएको छ । यसोगरेमा ठूलो जनधनको क्षेती हुनबाट रोकिने स्थलगत अनुगमन टोलीको निश्कर्ष छ ।  

गत साउन २२ गते दिउँसो सुख्खा पहिरो खसेसंगै ठूलो क्षेतीको आंकलन गरि सोमबार जिल्लाका राजनीतिक दलका प्रमुख, बुद्धिजी, पत्रकार, समाजसेवी, अगुवाहरुको टोलीले पहिरोको स्थलगत् निरीक्षण गरि पहिरोले पुर्याउने ठूलो क्षेतीलाई रोक्नेको लागि तत्काल पहिरो गएको स्थानका विभिन्न भागमा ड्याम निर्माण गरियो भने बाढी, पहिरोले पुर्याउने ठूलो क्षेती केही वर्षको लागि रोक्ने सकिने निर्शकर्ष निकाले छ । उनीहरुले भनेका छन् “घ्याप्चेको पहिरोबाट हुने ठूलो क्षेती रोक्नको लागि तत्काल तीन–चरावटा छोटा, ड्याम बनाउन सकिने अवस्था देखियो र यसले केही वर्ष रणजोर खोलाको बाढी आएर पुर्याउने ठूलो क्षेती रोकथाम हुनसक्छ ।”

यो पहिरोका कारण लामो समयदेखि जिल्ला सदरमुकाम मन्थली बजारसहित आसपासका आधादर्जन बस्तीहरु जोखिम्ममा रहेका छन् । यो पहिरोले बाढीको रुप लिए अकल्पनिय क्षेती हुने निश्चित छ । यसले आउने पहिरोले रणजोर खोला र अन्य साना नदीहरु थुनिएर एकै पटक बाढी आउनदाँ मन्थली बजारसहित केही गाउँहरु बगाउने सम्भावना रहन्छ । त्यस्तै यो बाढी आयो भने तामाकोशी नदीलाई समेत छेक्ने सम्भावन रहन्छ ।
 
स्थलगत पहिरो क्षेत्र निरिक्षण टोलीका सदस्य एवं पूर्वसांसद् देवशंकर पौडेलले भने “घ्याप्चेको पहिरलोले तामाकोशी तामाकोशी नदीलाई छेक्यो भने अकल्पनीय क्षतिहुने अनुमान गरिएको छ । पहिरो रोकथामको लागि हामी सिङ्गापुर डाँडासम्म गएर पहिराको हालको अवस्था पुग्दा तत्कालको अवस्था हेर्दा तीन–चारवटा छोटा–छोटा ड्याम बनाउन सकिने अवस्था रहेछ । त्यसो गरियो भने केही वर्ष रणजोर खोलाको बाढीले पुर्याउने क्षेतीलाई रोक्न सकिन्छ । यो कम खर्चमा हुन्छ । सङ्घीय सरकारका प्राविधिज्ञहरू सचेत हुनु र सरकारमा कामको तत्परता जरुरी छ । यसो गरिएमा गैराथोकका सम्पूर्ण बस्ति, सामलिस्थान, सुनारपानी र अर्चलेका स्थानीयहरुले पाएको पीडामा मलम् लगाउने काम पनि हुन्छ ।”


घ्याप्चेको पहिरो नेपालकै ठूला पहिरो मध्येको एक हो । विक्रम सम्वत १९७२ सालबाट पहिरो जान सुरु यो पहिरो २०११ सालपछि लगातार पहिरो गइरहेको छ ।  २०२२ साल पछि लगातार जस्तो ठूलो पहिरो गइरहेको मन्थली नगरपालिका–४ गैराथोकका स्थानीय भोज श्रेष्ठले बताए । २०७२ सालको भूकम्प पछि मात्रै गैराथोकको गैरीगाउँका १५ घर अन्यत्रै सरेको श्रेष्ठ सुनाउछन । त्यो भन्दा पहिले पनि गैरीगाउँकै १३ घर परिवार विस्थापित भएर अन्यन्त्र हिडेको उनले सुनाए ।


त्यस्तै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष एवं स्थलगत् निरीक्षण टोलीका सदस्य बद्री नयाँघरेले “पहिरोले पुर्याउने ठूलो वितण्डा मच्चाउने अवस्था नभएको भएपनि यसको दिर्घकालिन निकास संघीय सरकारबाट मात्र सम्भव देखियो भने ।”

 

उनले तत्काल संघीय सरकार समक्ष पहिरो रोकथामको लागि पहल गर्नका लागि जिम्मेवारी बहन गर्नु पर्ने आफूहरुको बुझाई रहेको बताए । 

पहिरोले गैराथोकको सयौँ रोपनी खेत बगाएर लगेको स्थानीय शुक्रबहादुर श्रेष्ठ बताएको पत्रकार नयाँघरेले बताए ।  

 

उनका अनुसार यो काम स्थानीय सरकारको मात्रै प्रयासले असम्भव छ । रोकथामको लागि संघीय र प्रदेश सरकारले हेर्नु पर्ने उनको तर्क छ । 

यो पनि पढ्नुहोस्-राणजोर खोलाको शिर घ्याप्चेमा सुख्खा पहिरो गयोः आसपासका बासिन्दा त्रासमा

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार