प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच छलफल
फाइल फोटो
२६ साउन, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र सभामुख अग्नी प्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ ।
संघीय संसद भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा सदनलाई प्रभावकारी बनाउने, विधेयकहरुलाई अघि बढाउने लगायतका विषयमा छलफल भएको सभामुख सापकोटाका संचार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
छलफलमा प्रधामन्त्रि देउवासंगै गृह मन्त्री बालकृष्ण खाँडा, अर्थ मन्त्रि जनार्दन शर्मा पनि सहभागि बनेका थिए ।
