सुनको बालासहित रस्नालुका बस्नेत त्रिभुवन विमास्थलबाट पक्राउ

| साउन २६, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२६ साउन, रामेछाप । रामेछापका एक युवक त्रिभुवन विमान स्थालबाट पक्राउ परेका छन् ।  उनी एक सय ५० ग्राम सुनको बालासहित विमानस्थालको पार्किङ् स्थलबाट सामाग्रीसहित पक्राउ परेको प्रहरीले जनाएको छ । 

 

पक्राउ पर्नेमा जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं ३ स्नालु घरभएका २५ वर्षीय सन्तोष बस्नेत हुन् ।

उनलाई त्रिभुवन विमानस्थाको अन्तराष्ट्रिय आगमनतर्फबाट पक्राउ गरिएको प्रहरीले भनेको छ । 

 

उनले साउदी अरेबीयाबाट आएको जजिर एरलायन्सको उडानबाट भन्सार छलि  ल्याइएको सुन ल्याउन लागेको प्रहरीले आशंका गरेको छ । 

 

पक्राउ परेका बस्नेतलाई थप अनुसन्धान गर्न विमानस्थलको भन्सार कार्यालय गौचरण पठाइएको प्रहरीले जनाएको छ ।