मन्थली नगरपालिकाले यी ६ जना प्राकृतिक विपत्तिमा परेका पीडितको नाम जिल्ला दैवीप्रकोप उद्धार समितिमा सिफारिस गर्यो (निर्णयसहित)

| साउन २६, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

२६ साउन, रामेछाप । रामेछापको मन्थली नगरपालिकाले विभिन्न समयमा बाढी पहिरोमा परि पीडित बनेकाहरुलाई राहार रकम उपलब्ध गराउन ६ जनाको नाम जिल्ला दैवीप्रकोप उद्धार समितिमा सिफारिस गरेको छ । सोमबार बसेको नगरपालिकाको ४९ औं बैठकले यस्तो निर्णय गरेको नगरपालिकाले जारी गरेको निर्णयमा उल्लेख छ ।

 

 

नगरपालिकाभित्रका विभिन्न वडाहरुमा विभिन्न समयमा बाढी पहिरो प्राकृतिक विपत्तीमा परि, पशुचौपाय गुमाएका, घरभत्किएकारुलाई जिल्ला विपद् समितिबाट पाउनु राहार रकम पाउनु पर्ने भन्दै सिफारिस गरेको हो ।

 

यसरी सिफारिह हुनेमा वडा नं १ का नारायण बहादुर घिमिरे, २ नम्बरका एक बहादुर मगर, गाइने कार्की वडा नं ८, गोपाल घर्तीमगर र प्रमेश्वर भुजेल वडा नं १३, र हर्क बहादुर माझी मन्थली बसपार्कका पीडितहरुका नाम सिफारिस गरि जिल्ला दैवीप्रकोप समितिमा सिफारिस गरेको उल्लेख छ ।

 

त्यस्तै मन्थली प्राथमिक स्वास्थ केन्द्र मन्थलीलाई १५ शैय्याको अस्पतालको रुपमा स्तर उन्नति गर्ने काम अगाडि बडाउने भएको छ । भने विपद व्यवस्थापन तथा सहजिकरणको लागि १४ वटालाई पाएक पर्ने गरि बनाउन लागिएको हेलिप्याड निर्माण कार्यलाई तिवृ गतिमा अगाडि बढाउने भएको छ ।

नगरपालिकाको ४९ औं बैठकले गरेको निर्णय हेर्नुहोस् 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार