रामेछापमा संयुक्त रुपमा सुरु भयो 'नेपाल मास्क अभियान' (फोटोफिचर)

| साउन २६, २०७८ मंगलबार

फाइल फोटो जिल्ला प्रहरीको फेस्बुकबाट साभार
A A A
A A A

२६ साउन, रामेछाप । रामेछापमा संयुक्त रुपमा तपाईको मास्क खै  अभियान कार्यक्रम गरिएको छ । 


जिल्ला प्रहरी कार्यालय रामेछापको संयोकमा नेपाल मास्क अभियान अन्तर्गत मंगलबार सदरमुका मन्थली स्थतित् मन्थली नगरपलािका १ स्थित मन्थली बजारमा मन्थली नगरपालिकाका नगर प्रमुख रमेश कुमार बस्नेत, प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजू, जिल्ला प्रहरी कार्यालयका प्रमुख  प्रहरी नायव उपरीक्ष नवराज ढुंगानालगाएको उपस्थितिमा तपाईको मास्क खै कार्यक्रम गरिएको हो । 


यो कार्याक्रम कोरोना महामारी सुरु भएदेखि जिल्ला प्रहरी कार्यालय रामेछापले पटक पटक गर्दै आएको छ । 

 

मंगलबार नेपाल मास्क अभियान अन्तर्गत गरिएको कार्याक्रममा सशस्त्र प्रहरी नायव उपरीक्षक केशवराज प्याकुरेल, सामुदायिक सेवा केन्द्र मन्थलीका अध्यक्ष विरेन्द्र श्रेष्ठ, उद्योग वाणिज्य महासंघ रामेछापका सचिव सुरेश उदास, पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगाएको पनि सहभागिता रहेको थियो । 

अभियान अन्तर्गर सर्वसाधरणहरूलाई मास्क वितरण पनि गरेको छ । साथै मास्कको अनिवार्य प्रयोग भएको छ । 
 अभियान कार्यक्रमले मन्थली बजारमा परिक्रमा गरेको थियो । 


फाइल फोटो जिल्ला प्रहरीको फेस्बुकबाट साभार