कुलमान घिसिङ्लाई ४ वर्षको लागि विद्युत् प्राधिकरणमा नियुक्तिः आजै देखि कार्यभार समाल्दै

| साउन २७, २०७८ बुधबार

कुलमान घिसिङ्ग
A A A
A A A

२७ साउन, रामेछाप । कुलमान घिसिङ्लाई ४ वर्षको लागि विद्युत् प्राधिकरणमा नियुक्ति दिएको छ । 

नेपाल विद्युत् प्राधिकरणमा घिसिङलाई पुनः ४ वर्षको लागि नियुक्त दिएको एक मन्त्रीले बताएका छन् । ऊर्जा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । 


ती मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर उनको नियुक्तिबारे जानकारी दिइसकेको छ । 


वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको उनले जानकारी दिए । शक्यलाई आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर सरुवा गरिएको हो । 

 

शाक्यले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा लगिने भएको छ । शाक्यले पनि यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताएका थिए ।

 

कुलमानले बुधबारदेखिनै आफ्नो कार्यभार समाल्ने तयारी गरिएको बताइएको छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार