आज पनि ४ सय रुपैयाँले घट्यो सुनको भाउ
सांकेतिक तस्विर
२७ साउन, काठमडौं । सुनको भाउ आज पनि घटेको छ । निरन्तर घट्दै आएको सुनको भाउ बुधबार प्रतितोला ४०० रुपैयाँले घटेको छ ।
आज नेपालमा सुनको भाउ ८८ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य समेत बुधबार ८८ हजार ३५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको भाउपनि आज १५ रुपैयाँले घटेर एक हजार १९५ रुपैयाँमा झरेको छ ।
