रामेछापको भुजीमा 'ग्याङ्' बनाएर चोरी गर्दै आएका तीन जना पक्राउः १ लाख १० हजार नगद्सहित ल्याप्टप् बरामत

| साउन २७, २०७८ बुधबार

फाइल फोटो जिल्ला प्रहरीको फेस्बुकबाट साभार
A A A
A A A

२७ साउन,रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजीस्थित एक पसलफोरी नगद् चोरी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पालिकाकै वडा नं ६ का तीन जना किशोरहरु छन् । उनीहरु छुट्टाछुटै स्थानबाट पक्राउ परेका छन् । एक जना ओखल्ढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नं १ बाट १६ वर्षीय युवक पक्राउ परेका हुन् ।

 

उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले ओखल्ढुङ्गा प्रहरीसंगको समन्वयमा पक्राउ गरेको हो ।

 

त्यस्तै अर्का दुई जना उमाकुंण्ड गाउँपालिका वडा नं ६ को ढुङ्गे भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पक्राउ पर्नेमा हिरदेन सुनुवार १९ वर्षीय र समुयल सिंह सुनुवार २४ वर्षीय रहेका छन् । उनीहरुले उमाकुण्ड गाउँपालिका वडा नं ७ भुजी बिमिरे स्थित टेकराज नेवारको पसलमा सामूहिक रुपमा पसल चोरी गरेका थिए ।

 

सो पसलबाट उनीहरुले एक लाख ५० हजार नगद् चोरी गरेका थिए ।

 

उनीहरुले पसलको पछाडीबाट जस्तापाता काटेर पसलभित्र छिरी पसलमा भएको एक लाख ५० हजार लुटेका थिए । सो रकम उनीहरुको साथबाट ओखल्ढुङ्गाको खिजिदेम्बा गाउँपालिका १ बाट प्रहरीले एक लाख १० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 

पक्राउ परेका उनीहरुले ओखल्ढुङ्गा जिल्लामा समेत चोरी गरेर रामेछापमा लुकाईछिपाई बस्दै आएका थिए । 


पक्राउ परेका उनीहरुको साथबाट डेल कम्पनिको एक थान ल्यापटप,स्क्रिन टच मोबाईल ३ वटा, सामान्य मोबाईल २ वटा बरामत गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशकर श्रेष्ठले जानकारी दिए । 


उनीहरुलाई पक्राउ गरि सदरमुकाम मन्थली ल्याइएको छ ।   पक्राउ परेका तीनै जनालाई डाँका कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान कार्य जारी रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।