आज अन्तराष्ट्रिय युवा दिवसः रामेछापमा संयुक्त रुपमा तपाईको मास्क खै ? कार्यक्रम गरि मनाईदै

| साउन २८, २०७८ बिहिबार

फाइल फोटो जय मानन्धरबाट प्राप्त
A A A
A A A

२८ साउन, रामेछाप । आज अन्तरास्ट्रिय युवा दिवस । दिवसको अवसरमा रामेछापमा संयुक्त रुपमा मास्क अभियान कार्यक्रम गरिने भएको छ । भैतिक दूरी कार्यम गरि मन्थली नगरपालिकासहित विभिन्न सामाजिक संस्थाहरुले तपाईको मास्क खै रु अभियान कार्यक्रमको आयोजना गरेका हुन् ।

 

आज बिहान ७ बजे पुरानो कटहरबोटदेखि देबकोटा चोक मन्थलीसम्म र्यालीसहित तपाईको मास्क खै ? अभियान गर्न लागेको रामेछाप सहयोगी मन रासमले जानकारी दिएको छ ।

 

"बोल्ने मुखलाई मास्कले रोक्दैन,  चिउँडोको मास्कले कोरोना छेक्दैन"  भन्ने मूल नाराकासाथ अन्तराष्ट्रिय युवा दिवसको अवसर परेर कार्यक्रम आयोजना गरिएको रासमका सदस्य जय मानन्धरले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार जिल्लामा आधा दर्जन बढी संघ संस्थाहरुले दिवसलाई मास्कै अभियानको रुपमा मनाउदै छन् ।


रासमको समन्वय र मन्थली नगरपालिका र राष्ट्रिय युवा परिषद् जिल्ला युवा समिति रामेछापको सहकार्यमा कार्यक्रम गरिने तय भएको हो ।

 
अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आएको छ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।

 

यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।

२०२१ को युवा दिवस "युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दै यो वर्ष खाद्यान्न प्रणालीको रुपान्तरण र समग्र पृथ्वीको नै स्वास्थ्यलाई महत्व" भन्ने मूल नाराका साथ दिवस मनाईदै छ ।

 

यो वर्ष खाद्यान्न सुरक्षा र खाद्यान्न सार्वभौमिकतालाई महत्व दिइएको छ । नेपालजस्तो कृषि–प्रधान देशमा कृषिको व्यवसायीकरण, कृषिमा युवाहरूको सहभागिता आदि कुराहरूलाई महत्वका साथ हेरिनुपर्ने स्पष्ट देखिन्छ ।


युवा जनसंख्यालाई संसारका कुनै पनि देशले आ–आफ्नै उमेरको परिधिमा राखेको छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार