'म मेरै कार्यकालमा जिल्ला युवा परिषद् गठन गर्ने छु'-रमेश बस्नेत (भिडिओ)

| साउन २८, २०७८ बिहिबार

A A A
A A A

२८ साउन । रामेछाप । रामेछापको मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले युवाहरुले आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र परिवर्तन गर्न भूमिका खेल्नु पर्ने बताएका छन् । युवा रचनात्मक बन्नु पर्नेमा उनले जोड्दिए ।

 

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बिहिबार आयोजित् एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवा शक्तिहरुले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक परिवर्तन गर्न आवश्यक भएको बताए । उनले जिल्ला युवा परिषद् गठन आफ्नै कार्यक्रमा गरि कार्यान्वयमा ल्याउने प्रतिबद्धता जनाए । उनले भने 'मैले पहिलै देखि जिल्ला युवा परिषद् गठन गर्ने भनेर काम गर्न खोजेको तर, कोरोना महामारीले अन्य विविध कारणले गर्दा समिएन तथापि अब म मेरै कार्यकालमा परिषद् गठन गरेर कार्यन्वयनमा ल्याउने प्रतिबद्धता जनाउछु ।'

 

उनले युवाहरुले समाज रुपान्तरणको लागि काम गर्न सक्नु पर्ने तर्क गरे । 

 

 उनले कोरोना महामारीकाबीच पनि आफू नेत्रित्वको नगरपालिकाले राम्रो काम गर्ने सकेको दाबी गरे । उनले भने म नगरपालिकाले गरेको कामबाट सन्तुष्टै छु भने । 

 

रामेछाप टाइम्स
| जेठ १५, २०८१ मंगलबार