ज्यान सम्बन्धि सकूरमा फरार माकादुमा खत्री ललितपुरबाट १६ वर्षपछि पक्राउ

| साउन २९, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२९ साउन,काठमाडौं । ज्यान सम्बन्धी कसूरका फरार रहेका रामेछापको खाँडादेबी गाउँपालिका-६ खत्री १६ वर्षपछि ललितुरबाट पक्राउ परेका छन् । 

 


उनलाई बिहिबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले ललितपुर चाँङ्लाथलीबाट पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा माकादुम स्थित घर भएका ४६ वर्षीय 'शिवजी खत्री' भन्ने ग बहादुर खत्री रहेका छन् । उनी ललितपुर महालक्ष्मी नगरपालिका-७ चाँङ्गाथली बस्दै आएका थिए । 

 


उनलाई २०६२ पुस ६ गते साँझ काठमाडौं महानगरपालिका-१४ कलंकी, लामपाटी बस्ने भगवती लामा (अधिकारी) आफ्नै डेरा कोठामा आगोले जलेर घाइते भएको अवस्थामा फेला पारी वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको घटनामा संलग्न रहेको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

 

उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको प्रहरी ब्यूरोले जनाएको छ ।