पत्रकार महासंघ चुनाव : रामेछाप टाइम्सकर्मी घिमिरे बिजयी
पत्रकार मिलन घिमिरे/ रामेछाप टाइम्सकर्मी
चैत २५,
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछाप शाखाको दलित सदस्यमा रामेछाप टाइम्सकर्मी, रेडियो तामाकोशीका समाचार प्रमुख एंव नेपाली रेडियो नेटोकर्का जिल्ला संवाददाता मिलन घिमिरे (बिक) बिजयी भएका छन् ।
नेपाल प्रेस युनियन र प्रेस संगठनको संयुक्त प्यानलबाट उम्मेद्वरी दिएका घिमिरेले प्रेस चौतारीकी बिन्दीरा रसाईलीलाई २२ मतले हराएका हुन् ।
जिल्लामा कूल ७७ मत् मध्ये ७३ मत् खसेको थियो ।
