कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन पेश

| साउन २९, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

२८ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति एवं अन्य राजनीतिक दल समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समितिको प्रतिवेदन पेश गरेका छन् । 

 

बैठकमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले विभिन्न प्रस्तावहरु प्रस्तुत गरेका छन् । 

 


त्यस्तै शुक्रबार सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बसेको बैठकमा केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले छानविन समितिको प्रतिवेदन पनि पेश गरेका छन् । 

 


बैठकले सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री बनेकोमा केन्द्रीय कार्यसमितिले हार्दिक बधाई ज्ञापन गरेको छ । 


'संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा ऐक्यवद्ध गठबन्धनका राजनैतिक दलहरू, संचार माध्यम, नागरिक समाज र सचेत नेपालीको साझा भावना र संविधानको मर्म अनुरुप सम्मानित सर्वोच्च अदालतको फैसलाले लिक बाहिर गएको संविधानलाई सहि ट्रयाकमा ल्याएको छ । संविधानको धारा ७६९५० अनुरुप देशले प्रतिनिधि सभामा १६५ सदस्यको समर्थन सहित नयाँ प्रधानमन्त्री प्राप्त गरेको छ । कोभिड–१९ को महामारी र बाढिपहिरोबाट आक्रान्त जनताको रक्षा र राहतका कार्य सँगै संविधानको मर्म र जनताको भावना अनुरुप कार्य गर्न दलहरू बीचको सहमति अनुरुप अघि बढ्न नयाँ सरकारलाई सफलता मिलोस्, कार्यसमितिको यो बैठक हार्दिक शुभकामना व्यक्त गर्दछ जारी विज्ञप्तिमा भनिएको छ ।'

 


बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु आनन्दप्रसाद ढुंगाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, मोहनबहादुर बस्नेत, हृदयराम थानी, कर्णबहादुर बुढा र योगेन्द्र चौधरीले आ–आफ्नो धारणा राखेका थिए । 
 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार