खाँडादेवीः बुद्ध भवानी माविले एस.ई.ईमा सबै विद्यार्थीलाई नियतबस कम नम्बर दिएको भन्दै विद्यार्थी आक्रोशित्ः नेविसंघको ध्यानाकर्षण (विज्ञप्ति)

| साउन ३०, २०७८ शनिबार

फाइल फोटो नेविसंघ लोगो
A A A
A A A

३० साउन,रामेछाप । बुद्ध भवानी माध्याकिम विद्यालयले एस. ई.ई परीक्षाको आन्तरिक मूल्याङ्कनमा नम्बर दिने क्रममा गम्भिर त्रुटी तथा मनोमानी गरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) रामेछापले आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताएको छ । शिक्षकको आफन्ती, नाता-सम्बन्ध राख्ने विद्यार्थीहरुलाई धेरै नम्बर दिएको र जेहेन्दार, राम्रो पढाई भएका तर, शिक्षकको नाता सम्बन्ध भन्दा बाहिराका विद्यार्थीहरुलाई कम नम्बर दिएर माथिल्लो कक्षामा पठन पाठनमा समस्या हुने गरि शिक्षकले नियतबस् थोरै नम्बर दिएको नेविसंघ रामेछापको दाबी छ । 

 

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेविसंघ रामेछापले जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुम स्थित श्री बुद्ध भवानी माध्यामिक विद्यालयले गत शैक्षिक सत्र २०७७ मा कूल ३४ जना एस.ई.ई मा सामेल विद्यार्थीहरुको आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशनको लागि नम्बर राष्ट्रिय परीक्षा बोड्मा पठाएको थियो । नेपाल सरकारको निर्णय अनुसार गत वर्ष २०७७ को एस.ई.ई परीक्षाको मूल्याङ्क विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा गरेको हो । तर, विद्यार्थीको नम्बर पठाउदाँ बुद्ध भवानी मा.विले मनोमानी गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् । सो विषयमा आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाउदै नेविसंघले विद्यार्थीको भविष्य माथि खेलवाड नगर्न सचेत गराएको छ । 

 

एस ई ई को नतिजा भने परीक्षा बोर्डले गत साउन २३ गतेनै सार्वजनिक गरिसेको छ । ३४ जना विद्यार्थीले परीक्षा दिएकोमा ३४ जनाकै गणित् विषयमा डिप्लस् मात्रै दिएको विद्यार्थीको भनाई छ । 


'विद्यालय प्रशासन, व्यवस्थापन समिति, पालिका शिक्षा शाखा, साथै सम्बन्धित बसै पक्षलाई समेत सो विषय महत्वपूर्ण भएको भन्दै विद्यार्थीहरुको भविष्यमाथि खेलवाड नगर्न नेविसंघ रामेछापले जारी सजग गराएको छ । यदी आफ्नो ध्यानाकर्षणलाई सामान्य रुपमा लिएर यस्ता कार्या गरेमा त्यसबाट सम्बन्धित निकायलाई आइपर्ने परिस्थितिको स्वयं सम्बन्धित पक्ष जिम्मेवार हुने नेविसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।'

 


साथै आफ्नो नम्बर नियोनित् तरिकाले शिक्षकले कम दिएको भन्दै सामाजिक संजालमा आफ्नो धारणा लेखेको आरोपमा विद्यार्थी अनुप बुढाथोकीलाई झुट्टा साइबर क्राईम तथा ज्यान मार्ने उघोगमा निवेदन दर्ता गरेको विषयमा पनि आफ्नो ध्यानाकर्षण भएको भन्दै मुद्धा फिर्ता लिन समेत आग्रह गरेको छ । 


विज्ञप्ति हेर्नुहोस्