अनेरास्ववियूका केन्द्रिय सदस्य अधिकारीमाथि अज्ञात समूहद्वरा आक्रमण

| साउन ३०, २०७८ शनिबार

फाइल फोटो पुष्कर भट्टराईको फेस्बुकबाट साभार
A A A
A A A

३० साउन, रामेछाप । अनेरास्ववियूका केन्द्रिय सदस्य सागरहरि अधिकारीमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।  आक्रमणबाट उनी गम्भिर घाइते भएका छन् । 

 

शुक्रबार साँझ अनेरास्ववियू रामेछाप जिल्ला कमिटीका पूर्व अध्यक्ष समेत रहेका अधिकारी माथि सिसाको बोतल प्रहार भएको अनेरास्ववियू जिल्ला कमिटीका सचिव पुष्कर भट्टराईले जानकारी दिए ।

 

 

रामेछापको मन्थली नगरपालिका वडा नं १२ गेलु स्थायी घर भएका अधिकारी आफना साथिहरुसंग कोटेश्वर क्षेत्रमा बसिहरेको अवस्थामा दुई जनाको समूहमा आएका अपरिचित् व्यक्तिहरुले अधिकारीमाथि बोतल प्रहार गरेको बताइएको छ । बोतल प्रहार गरेर ती दईजना फरार भएको बताइएको छ । 

 

उनीहरुको खोजिकार्या भैरहेको बताइएको छ । 

 

उनका अनुसार टाउकामा गम्भीर चोट लागेका अधिकारीको अहिले सिभिल हस्पिटल काठमाडौंमा उपचार भैरहेको छ । अनेरास्ववियूले दोषिलाई यथा शिघ्र कानुनको कठघरामा उभ्याएर कडा भन्दा कडा कार्वाहीको माग गरेको छ । 

 

उनी मन्थली नगरपालिका वडा नम्बर १२ गेलुका अध्यक्ष कृष्णहरि अधिकारीकाे छोरा हुन् ।