रामेछापमा लकडाउन भदौ १० गतेसम्म थपःभाेलीदेखि मास्क नलगाउनेलाई २ सय जरिवाना

| साउन ३१, २०७८ आइतबार

फोटो फाइल मन्थली बजार
A A A
A A A

३१ साउन, रामेछाप । रामेछाप जिल्लामा जारी निषेधाज्ञा आउदाे भदौ १० गतेसम्म थपिएको छ ।  थपिए लकडाउन थप अहिलेकाे भन्दा कडाइ गरिने बताइएकाे छ ।


आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेकाे काेराेना नियन्त्रण तथा व्यवस्थापन समिति (डिसिसिएमसी) काे बैठकले जारी निषेधाज्ञा भदौ १० गतेसम्म थपिएकाे हाे ।  

थपिएको निषेधाज्ञामा भाेलीदेखि मास्क नलगाई हिड्डुल गर्नेलाई २ सय रुपैयाँ जरिवाना गरिने छलफलमा सहभागी एक अधिकारीले रामेछाप टाइम्सलाई बताए  । 


पछिल्लो पटक थपिएको बन्दाबन्दी आजराति देखि सकिदै छ ।

 

भोली ३२ गतेदेखि लाहू हुने गरि आगामी भदौ १० गते सम्म निषेधाज्ञा थप गरिएको हो ।