पौष ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने माओवादीको निर्णय
फाइल फोटो
३१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को गत शनिबारदेखि जारी केन्द्रिय समितिको बैठकमा अध्यक्ष प्रचण्डको प्रस्ताव अनुसार भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने निर्णय गरिएको छ ।
त्यस्तै असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गर्ने, असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन गर्ने निर्णय गरिएको छ ।
त्यस्तै आउदो मङ्सिर १५ गते प्रदेश सम्मेलन, पौष ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने पार्टीले निर्णय गरेको हो ।
त्यस्तै संघीयताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने व्यवस्था गरेको हो । जनवर्गिय एवं विभिन्न जातियरक्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू असोज मसान्तासम्म सम्पन्न निर्णय गरेको हो । जनयुद्दका घाईते, अपांग तथा छापामारलाई परिचयपत्र पनि पार्टीले दिने भएको छ ।

माओवादीले विधान संशोधन सहित पारित गरिएको छ । त्यस्तै उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने भएको आइतवार सम्पन्न केन्द्रीय कमिटी बैठकपछि पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा अध्यक्ष प्रचण्डले बैठकमा प्रस्तुत गरेको राजनीतिक र विधान संसोधन प्रस्ताव सर्वसम्मत पारित भएको छ ।
यसैबीच माओवादीले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ
त्यस्तै सबै रिक्त कमिटीमा पदपुर्ति गर्ने जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा लगाउने पार्टीले निर्णय गरेको हो ।
