रामेछाप प्रहरीद्वरा घाइते हुचिलकाे उद्धार

| साउन ३२, २०७८ सोमबार

फोटो फाइल
A A A
A A A

३२ साउन, रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले घाइते अवस्था रहेको  हुचिलकाे उद्धार गरेको छ । 


साेमबार बिहान जिल्ला प्रहरी कार्यालयबाट डिउटीमा खटिएका प्रहरी जवानले मन्थली नगरपालिका वडा नं १ साेल्मारीस्थित बाटाेमा घाइते अवस्थामा रहेकाे हुचिलकाे उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

 

उनका अनुसार हुचिल पानीमा भिजेर उड्न नसक्ने अवस्थामा फेला पारिएको हाे । 


फेला पारेकाे हुचिल सब डिभिजन  वन कार्यालय मन्थलीका वन रक्षक, प्रतिनिधि निरबहादुर हायुलाई जिम्मा लगाइएको छ ।