अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न माओवादी केन्द्रको सरकारसंग माग

| साउन ३२, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

३२ साउन,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रले दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम ध्यानाकर्षण भएको जनाएको छ ।

 

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गर्दै सो घटना प्रति म र हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस आपातकालीन अवस्थामा सर्वाधिक महत्वको कुरा त्यहॉ रहेका नेपालीहरुको सुरक्षा र ऊद्दार हो प्रचण्डले लेखेका छन् । 

 


उनले परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चलाउन आग्रह गरे । यसका लागि मेरो व्यक्तिगत एवं पार्टीको तर्फबाट आवश्यक सम्पुर्ण पहल र सहयोग हुने पनि जानकारी गराएका छन् ।