जिल्ला अस्पतालमा ९७ वर्षीय वृद्धाको कोरोना संक्रमणबाट निधन

| साउन ३२, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

३२ साउन, रामेछाप । रामेछापमा थप  एक बृद्धाको कोरोना संक्रमणका कारण ज्यान् गएको छ । 

 

उनको सोमबार बिहान ७ ः ३० बजेको मसयमा  निधन भएको जिल्ला अस्पताल रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए । 

 

 

उनका अनुसार ती बृद्धालाई गत २५ गते एन्टिजेन्ट विधिबाट गरिएको परिक्षणमा कोरोना पुष्टि भएको थियाे । 

 

कोरोना देखिएकोपछि उनी जिल्ला अस्पताल रामेछापमा उपचार गराइ रहेकी थिन् । उनको उपचारको क्रममा ज्यान गएको हो । 

 

उनको निधन भएसंगै जिल्लामै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३ जना पुगेको छ ।  पछिल्लो केही दिनदेखि काेराेना संक्रमण बढ्दै गएको छ ।