१८ औं दोरम्बा हत्याकाण्ड स्मृती दिवस यसरी मनाइयो (फोटोफिचर)

| साउन ३२, २०७८ सोमबार

तस्विर सबै उद्यराणा मगरको फस्बुकबाट साभार
A A A
A A A

३२ साउन,रामेछाप । रामेछापको दोरम्बा हत्या काण्ड स्मृती दिवस मनाइएको छ । सोमबार दोरम्बा शैलुङ्  गाउँपालिकाको तत्कालिन दोरम्बा हत्या काण्ड भएको स्थानमा सहिद्हरुको शालिकमा फूलमाला लगाएर श्रद्धाञ्जी सभाको आयोजना गरि स्मृती दिवस मनाइएको हो । 

 


गत २०६० साल साउन ३२ गतेका दिन तत्कालिन साही नेपाली सेनाले माओवादीका २१ जना नेता कार्याकर्ताको सामूहिक हत्या गरेको थियो । सो घटना भएको आज १८ वर्ष पुरा भएको हो । 
तत्कालिन समयमा छलफलमा जुटेका माओवादीका नेता कार्याकर्ताहरुको सामूहिक रुपमा हत्या गरिएपछि दोरम्बा हत्याकाण्ड नाम्ले परिचित् घटना राष्ट्रि तथा अन्तराष्ट्रिय चसो बनेको थियो । तत्कालिन समयमा हत्या गरेकाहरुको गत साल शालिक अनावरण गरिएको थियो ।

 

अहिले सो ठाउँमा सहिद्का शालिकसहित पार्क निर्माण गरिएको छ । सही ठाउँमा सोमबार पालिका प्रमुख समेत रहेका कमानसिं मोक्तान, उप-प्रमुख समेत रहेकी माओवादीकी नेतृ क्रिशाला घिसिङ्लगाएतको उपस्थितिमा सहिदहरुको शालिकमा माल्यार्पण, वृक्ष तथा फूलका विरुवा रोपण र बत्ती एवं पूजापाठ गरिएको हो । 

 

तत्कालिना समयमा रामेछाप जनसरकार प्रमुख बाबुराम लामा, अम्बिका दाहाल, प्रदिप दोङ, टेकबहादुर थापामगर, हर्कबहादुर तामाङ, विष्णुमाया मगर, रवि चौहान,  ठूलाराम तामाङ, लक्ष्मण तामाङ, सानाराम तामाङ, उमा कार्की, पदमराज गिरी, श्याम तामाङ, सोमाइ थामी, हर्क लक्ष्मी राई, युवराज मोक्तान र लिला मोक्तानको सामुहिक हत्या भएको थियो ।