खिम्ती-बेताली सडकमा सुख्खा पहिरो खस्दा सडक अबरुद्धः पहिरो पन्छाईदै

| साउन ३२, २०७८ सोमबार

फाइल फोटो गुणराज विश्वकर्माको फेस्बुकबाट साभार
A A A
A A A

३२ साउन, रामेछाप । रामेछापको खिम्ती बेताली सडक अबरुद्ध भएको छ । सोमबार नामाडी बेतालीको बीचमा पर्ने छतिवने सडकमा सुख्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । 

 

सोमबार दिउँसो करिव १ देखि २ बजेको समयमा सुख्खा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो । 

 


पहिरो अहिले एउटा जेसिबीको सहयताले पन्छाउने काम भैरहेको त्यहाँस्थित् एक शिक्षकले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


उनका अनुसार पहिरो जाँदा बेताली हुदै खिम्ती( मन्थली आउने सवारी र मन्थली खिम्ती हुँदै बेताली जाने सवारी साधनबीच बाटोमै रोकिएका छन् ।