नेफस्कोनले मनायो मन्थलीमा स्थापना दिवसः सहकारीले उत्पादनसंग जोडेर काम गर्न सक्नु पर्नेमा जोड्

| भदौ १, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०१ साउनम रामेछाप । नेपाल बचत तथा क्रण सहकारी संघ मन्थली सेवा केन्द्रले ३४ औं स्थापना दिवस मनाएको छ । सोमबार मन्थलीमा नेफ्स्कोनले एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । कोरोनाको संक्रमणले तिवृ गतिमा फैलिरहेको अवस्थामा सेवा केन्द्रले स्वास्थ्य मापदण्डभित्र रहेर जिल्लाका सरोकारवालाहरु समेतको उपस्थितिमा ३४ औ स्थापना दिवस मनाएको हो ।

 

 

जिल्लाका विभिन्न सहकारीका संचालक तथा तीनको रोहबरमा गरेको कार्यक्रमको उत्घाटन गर्दै मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले सबै सहकारीका कामहरु अझै पनि पारदर्शी र संस्थागत हुन नसकेको बताए । उनले सहकारीका काम पारादर्शी नभएको भन्दै चिन्त प्रकट गरे । उनले नेफस्कोनले यसको लागि समन्वयकारी भूमिका निर्बाह गर्नु पर्ने धारणा राखे । केही समय अघि सहकारी अभियानमा एकत्रित भई अहिले निस्किृय अवस्थामा रहेका,गाउँका विभिन्न सहकारीहरुको अवस्थाका बारेमा खोजी गरि सर्वसाधारणले खाई नखाई जोगाएर राखेको सम्पतिको खोजी गर्न पनि नेफ्स्कोनलाई आग्रह गरे । 


त्यस्तै नेफ्स्कुन वागमती प्रदेशका संचालक तथा जिल्ला बचत तथा सहकारी संघका अध्यक्ष जगन्नाथ दाहलले सहकारीका कामहरु नीति, विधि र प्रविधिमैत्री हुनसकेमा मात्र सहकारीको संस्थागत विकासमा टेवा पुग्ने बताए ।  उनले यसका लागि सबै सहकारी र तिनका अगुवाहरुलाई समन्वय र ईमान्दार पूर्वक काम गर्न पनि आग्रह गरे । 


नेफ्स्कुन फिल्ड कार्यालय दोलखाका संचालक तथा जिल्लाका सहकारीका अगुवा गोविन्द प्रसाद घिमिरेले बचत तथा सहकारी संस्थाले मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको भन्दै यसलाई उत्पादनसंग जोड्नका लागि सरकारी प्रयास जरुरी भएको औंल्याए । 


कार्यक्रममा सहकारी संघका कार्यवहाक अध्यक्ष हिमाल ढुंगेल,नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे लगायतका वक्ताहरुले सहकारीको विकासका लागि सबै सरोकारवालाहरुको प्रयास सकरात्मक हुनु पर्नैमा जोड्दिए ।