खिम्ती-बेताली सडक एकतर्फी खुल्योः दुई तर्फी खुल्न समय लाग्ने, पहिरो जतिबेला पनि खस्ने देखिएकाले सचेत हुन आग्रह

| भदौ १, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

०१ भदौ । रामेछाप । सोमबार सुख्खा पहिरो खस्दा अबरुद्ध भएको खिम्ती–बेताली सडक संचालनमा आएको छ । 

 


हिजो दिउँसो करिव २ बजेको समयमा सुख्खा पहिरो खस्द सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । खिम्ती–बेताली सडक खण्डको छतिवने सडकमा सुख्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको थियो । 

 

पहिरो खसेको करिव २ घण्टापछि  एउटा जेसिबिले पहिरो हटाएसंगै करिव सोमबार साँझ ६ बजेदेखि सडक एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनले भने 'पहिरो हटाइसंगै सडक एकतर्फी खुलेको छ, दुई तर्फी खुल्न समय लाग्ने देखिएको छ । पहिरो जतिबेला पनि जानसक्ने देखिएको छ ।  त्यसैले सुरक्षित् भएर हिड्नु पर्नेदेखिएको छ ।'