मन्थलीमा मोटरसाइकलमा लिफ्ट माग्दै पकेट मार्ने किशोरी रंगेहात पक्राउ

| बैशाख २, २०७८ बिहिबार

फोटो रामेछाप प्रहरीबाट प्राप्त
A A A
A A A

२ वैशाख, मन्थली । पाकेटमार (चोरी) काम गर्ने एक किशोरीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं ६ भलुवाजोर,मसानटारकी २१ बर्षिय लक्ष्मी माझी रहेकी छन् । उनी केही समयदेखि मोटरसाइकलमा लिफ्ट माग्ने र मोटरसाईलमा बसेपछि पछिबाट पैसालागएतका सामाग्री चोरी गर्दै आएकी थिइन् । 

पछिल्लो पटक एक स्थानीयको माटरसाइकलमा लिफ्ट मागेर जाने क्रममा माझीले २३ हजार ५ सय रुपैयाँ पाकेटमारेपछि पीडितले प्रहरी समक्ष उजुरी दिएका थिए । उजुरीको आधारमा पाकेट मार्ने महिलासहित उनको साथबाट पाकेट मारेको रकम समेत बरामत गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले रामेछाप टाइम्सलाई बताए ।

उनका अनुसार १० हजार भन्दा बढी बगली मागरेको चोरी गरे सहर सजाय हुने व्यवस्था मूकलुी संहितमा व्यवस्था गरिएको छ ।
 

रामेछाप टाइम्स
| पुस २३, २०८२ बुधबार