कोशोरी बसेको कोठामा पसेर जबरजस्ती करणी गर्ने खड्का मन्थलीबाट पक्राउ

| भदौ १, २०७८ मंगलबार

सांकेतिक तस्विर
A A A
A A A

१ भदौ । रामेछाप । जबरजस्ती करणी गरेर करिव ५ वर्षदेखि फरार रहेका मन्थली नगरपालिका वडा नं १४ खारपानीका २७ वर्षीय छत्रबहादुर खड्का मन्थलीबाट पक्राउ परेका छन् । 

 

उनलाई जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलबार पक्राउ गरेको हो ।

 


उनले गत २०७३ जेठ १३ गते राति अन्दाजी १० ः ३० बजे ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं १७ इमाडोलकी १९ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेका थिए  ।

 

खड्काले किशोरीको कोठामा प्रवेश गरी जवरजस्ती करणी गरेको पीडितको उजुरीका आधारमा प्रहरीले खोजिकार्या गरि रहेको थियो ।

 

खड्का बिरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा पेश भएको छ । सो मुद्दा बिचारधिन अवस्थामा रहेको र सोही मुद्दामा फरार रहेका थिए ।

 

उनलाई पक्राउ गरी महानगरिय प्रहरी वृत ललितपुर सातदोबाटोमा आवश्यक अनुसन्धान तथा कारवाही लागि पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।