हल्दे-धोबी-सिरिशे सडक मर्मतको लागि लिखु तामाकोशी गाउँपालिका र दुई लिखु जलविधुत आयोजनाबीच सहमति

| भदौ २, २०७८ बुधबार

फोटो पदम तामाङ्बाट प्राप्त
A A A
A A A

१ भदौ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका र लिखु जलविधुत आयोजना ३ र ४ बीच छलफल भएको छ । 

 


मंगलबार पालिकाभित्र निर्माणाधिन जलविधुत आयोजनाका प्रतिनिधिहरु र गाउँपालिका प्रमुख गोविन्दा खड्कासहितको पालिका प्रतिनिधिको टोली, वडा अध्यक्षहरुको टोलीले जलविधुत आयोजनाको कार्यालयमै पुगेर पालिकाभित्रका सडक मर्मत गर्नको लागि जलविधुत् आयोजना कार्यालयले सहयोग तथा समन्वय गर्नु पर्ने विषयमा छलफल गरिएको वडा अध्यक्ष पदम तामाङ्ले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 


उनका अनुसार पालिकाभित्रका मुख्य सडकहरु जिर्ण भन्दै गएकोले सो सडकहरुलाई मर्मत गर्नु पर्ने विषयमा छलफल भएको हो ।

 

हलदे-धोवी-सिरिसे सडक खण्ड दिनप्रतिदिन जिर्ण बन्दै गएकाले बैठकमा छलफल गरि तत्काल मर्मत गर्नको लागि जलविधुत आयोजनाले सहयोग गर्ने सहमती भएको छ । सडकहरु मर्मतको लागि निर्माणाधिन दुवै आयोजनाहरुले तत्पर्ता देखाएका छन् ।  

 


वडा अध्यक्ष तामाङ्ले भने दुवै आजोजनासंग समन्वय गरेर काम गर्ने । त्यस क्रममा लाग्ने मेसिन गाडीहरु आयोजनाले दिने र सम्बन्धित निकायले काम लगाउने सहमति भएको छ । 
आयोजनाका ठूला गाडीहरु गुड्ने र सार्वजनिक सवारी साधान पनि आवत जावत् भैरहने सडक भएकाले सडक जिर्ण बन्दा नागरिकहरु सास्ति खेप्दै आएका छन् ।