अन्ततः राष्ट्रपति कार्यालयले जारी गर्यो राजनीतिक दलसम्बन्धी अध्यादेश (विज्ञप्ति)
फाइल फोटो
२ भदौ, रामेछाप । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।

