बागमती प्रदेशः मुख्य मन्त्री पौडेलद्वरा राजिनामा,अष्टलक्ष्मि शाक्य मुख्य मन्त्री बन्ने
फाइल फोटो अष्टलक्ष्मि शाक्य
२ भदौ, रामेछाप । बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणी पौडेलले राजिनामा दिएका छन् । पौडेलले मुख्य मन्त्री पदबाट राजिनामा दिनु पहिले संसदीय दलको नेताबाट राजिनामा दिएका थिए ।
बुधबार केन्द्रमा नेकपा (एमाले) औपचारिक रुपमा विभाजन भएलगत्तै बागमती प्रदेशमा पनि त्यसको प्रभाव परेको हो । पौडेलले राजिनामा दिएसंगै बुधबारनै बसेको प्रदेश संसदीय दलको बैठकले अष्टलक्ष्मि शाक्यलाई संसदीय दलको प्रमुखमा नियुक्त गरेर प्रदेश मुख्य मन्त्री बनाउने बाटो खोलेको हो ।
मुख्य मन्त्री पौडेलको राजिनामा स्वीकृतको लागि तीन सदस्यीय समिति समेत गठन भैसेको छ । समितिमा दीपकराज पाण्डे, दीपक निरौला र रचना खड्का छन् । यो समितिले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया पूरा गर्ने बताइएको छ ।
११० सदस्यीय प्रदेशसभामा एमालेका ५६ सांसद छन् । मुख्यमन्त्री पौडेल अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् भने मुख्यमन्त्रीमा प्रस्ताव गरिएकी शाक्य माधव नेपाल समूहका हुन् । तर नेता नेपालले एमाले फुटाएर नेकपा एमाले समाजवादी बनाउने निर्णय गरेपछि उपाध्यक्ष शाक्यसहित स्थायी कमिटीका धेरै नेताले उनको साथ छाडेका छन् ।
