गोकुलगंगाः फर्पु र रस्नालुमा सरकारी विद्यालयसहित दर्जन भन्दा बढी घरमा चोरी, विद्यालयमा तोड्फोड्

| भदौ ४, २०७८ शुक्रबार

सांकेतिक तस्विर
A A A
A A A

४ भदौ,रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा अज्ञात समूहले चोरी गरेका छन् । गएराति वडा नं ६ फर्पुका तीन ठाउँमा चोरी भएको स्थानीयहरुले बताएका छन् । 
अज्ञात समुहले सार्वजानिक स्थानहरुमा नगद तथा जिन्सी सामाग्री चोरेका हुन् । उनीहरुले ग्याङ् बनाएर चोरी गरिएको आशंका गरिएको छ । 

 


गएराति श्री माध्यमिक विद्यालय भारतिय आधाभूत विद्यालयमा चोरी गरेका छन् । उनीहरुले विद्यालयले तोडफोड पनि गरेको वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिए । 


उनका अनुसार विद्यालयका १६ वटा कम्प्यूटर प्रधानध्यापकको कोठामा रहेका ३ वटा दराज तोडफोड गरेका छन् । 


उनको विद्यालयका कागजात पनि कोठाबाट बाहिर फालिएको अवस्थामा फेला परेको छ । 


विद्यालयमा भएको चोरीबाट भएको क्षेतिको विवरण आउन बाँकि रहेको छ । 


त्यस्तै स्थानीय भुरन यादवको ३० हजार नगद् चोरी भएको उनले बताएका छन् ।

 


गएराति गोकुलगंगा गाउपालिका वडा नं ३ रस्नालुमा पनि ११ ठाउँबाट चोरी भएको छ । उनका अनुसार चोरीबाट अन्दाजी १ लाख ६२ चोरी भएको बताइएको छ ।