पुँजीवादी नेतृत्वविरुद्ध महागठबन्धन बनाएर जनक्रान्ति गर्नुपर्छ : गोपाल किराँती

| बैशाख २, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

३ बैशाख, काठमाडौं । नेकपा माओवादी का अध्यक्ष गोपाल किराँतीले दलाल पुँजीवादी नेतृत्वमा बनेको सरकारविरुद्ध महागठबन्धन बनाएर जनक्रान्ति तयारी गर्नुपर्ने बताए छन् । 

बिहीबार विराटनगरमा पत्रकारहरूसँगको भेटघाटमा अध्यक्ष किराँतीले  गणतन्त्रलगायत उपलब्धि खतरामा परेकोले त्यसलाई जोगाउन वामपन्थीको महागठबन्धन बनाउनुपर्ने बताए। 

किराँतीले सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर गरेको मुद्दा फैसला गर्दा आफ्नो पार्टीमाथि अन्याय भएको पनि बताए। 
किराँतीले नेकपा माओवादी केन्द्रको साटो नेकपा माओवादी र चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडासहित विकल्पमा तीन वटा चिह्न प्रस्ताव गरेको जानकारी दिए।

नेपालको संविधानलाई उपलब्धिको रुपमा आंशिक ग्रहण गरेकाले चुनावलाई तत्कालीन कार्यनीतिको रुपमा अवलम्बन गरेको बताए । चुनावसम्म पुग्दा वामहरूको महागठबन्धन बन्ने नभए कमसेकम प्रचण्ड र बाबुरामहरूसँग चुनावी गठबन्धन बनाउनेतर्फ पार्टीले काम गरिरहेको जानकारी दिए।

नेकपा एमालेसँग पार्टी एकता गरेर प्रचण्डले गल्ती गरेका भन्दै नेता किराँतीले त्यो गल्ती अहिले प्रचण्ड र ओली दुवैले स्वीकार गरिसकेको दाबी गरे। नेकपा विभाजन भएपछि गणतन्त्र रक्षाको चुनौती बढेर गएको उनको भनाइ छ।

अहिले भने किराँतीले नेपाल भारतबीच सन् १९५० सन्धि खारेजीको माग गर्नुभन्दा सुगौली सन्धी खारेजी नेपालको हितमा रहेको बताए।
 

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार