रामेछाप-काठमाडौँ सम्पर्क मञ्चले दियो नवनियुक्त मुख्य मन्त्री शाक्यलाई बधाई, ढुंगेललाई धनेवाद्

| भदौ ५, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

५ भदौ,रामेछाप । नेकपा (एमाले) रामेछाप काठमाडौँ सम्पर्क मञ्चले नवनियुक्त मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यलाई बधाई दिएकाे छ । त्यस्तै बागमती प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेललाई सफल कार्यकाल सम्पन्न गरेकोमा धन्यवाद सहित सम्मान गरेको छ ।

 

 


शनिबार राजधानीमा एक कार्यक्रमकााे आयाजना गरि मञ्चले सम्मान गरको हो ।  सो कार्यक्रमलाई सम्बाेेधन् गर्दै मुख्य  मन्त्री शाक्यले पार्टीभित्र देखिएको केही समस्यालाई एक बनाउन तत्पर रहेका बताएकी छिन् । उनले बागमती प्रदेश सरकार सर्वसम्मत गठन गरेर समस्या हल गर्न खोजिएको भन्दै टुटफुटले कहिल्यै राष्ट्र निर्माण र जनताको भावना अनुसार काम गर्न नसकिने बताइन् । उनले एकताबद्ध एमाले आजको आवश्यकता भएको बताइन् ।             

 

               
त्यस्तै निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सम्पर्क मञ्चले कोभिडको दोस्रो भेरियन्टको महामारिकाबिच पनि जिल्लाको आठै वटा स्थानीय तहमा विभिन्न स्वास्थ्य सामग्री वितरण गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गरे । उनले नेकपा एमाले पार्टी विचार, सिद्न्त राजनीति सँगै सामाजिक काममा पनि अघि बढेको भन्दै प्रशांसा गरेको मञ्चका अध्यक्ष विश्व श्रेष्ठले जानकारी दिए ।                                                                                                                 

 

उनका अनुसार ढुंगेलले पार्टीको आन्तरिक समस्या भए बागमती प्रदेशलाई सुन्दर र समृद्ध बनाउन नसकिने बताए । उनले पद भन्दा पनि पार्टी ठूलो भएको बताएका छन् ।