नेपाल तरुण दल रामेछाप कोषाध्यक्ष श्रेष्ठ र नेविसंघ ईकाई सभापति बुढाथोकी पक्राउः मन्थली ल्याईदै

| भदौ ८, २०७८ मंगलबार

फाईल फोटो
A A A
A A A

८ भदौ,रामेछाप । नेपाल तरुण दल रामेछाप कोषाध्यक्ष योगेश श्रेष्ठ र नेपाल विद्यार्थी संघ (नेविसंघ) कोटेश्वर क्याम्पस ईकाई सभापति सन्जय बुदाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । 

 

 

मंगलबार दिउँसो १ बजेको समयमा रामेछापको गोकुलगंगा गाउँपालिका २ ठोसेबाट दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरी निकट स्रोतले रामेछाप टाइम्सलाई जानकारी दियो । 

 


'स्रोतले भन्यो दुईवै जनालाई पक्राउ गरिएको हो । ठोसेबाट ल्याईदै छ । स्रोतले केकारणले प्रकाउ गरेको भन्ने खुलाउन चेहन ।'

 


पक्राउ पर्नेमा तरुण दलका कोषाध्यक्ष योगेशे श्रेष्ठ र सन्जय बुदाथोकीलाई पक्राउ गरि मन्थली ल्याईदै गरेको स्रोतले बतायो । 

 

 

ईकाई सभातपि बुढाथोकीले पनि सामाजिक संजालमा आफूहरुलाई पक्राउ गरिएको लेखेका छन् । 

No description available.