सभामुख सापकोटाको दाँतको सर्जरी

| भदौ ८, २०७८ मंगलबार

तस्विरः सभामुख सापकोटाको सचिवालय
A A A
A A A

८ भदौ, रामेछाप । सभामुख अग्निप्रसाद सापकोटाको दाँतको माइनर सर्जरी गरिएको छ ।

 

 

मंगलबार विहान ११ : ४० बजे वीर अस्पतालको डेन्टल विभागमा उनको दाँतको माइनर ओरल सर्जरी गरिएको सभामुख सापकोटाका संचार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । 

 


'उनले भने सर्जरी गरेर उहाँको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।'

 

 

डेन्टल विभागकी प्रमुख डा‌ शैली प्रधान, डा‌ किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले चेकजाँचपश्चात सफलतापूर्वक सर्जरी गरेको उनले बताए । 

 

 


सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो । सर्जरीमा संलग्न चिकित्सकहरुले उपचार प्रक्रिया जारी रहेको बताएका छन् । सभामुख सापकोटा चिकित्सकको सुझाव अनुसार निवासमा आराम गरिरेका छन् ।