गोकुलगंगाः रोकिराखेको टिपरमा रहेको नगद् चोरी गर्ने दुई जना पक्राउ

| भदौ ९, २०७८ बुधबार

फाईल फोटो
A A A
A A A

९ भदौ,रामेछाप । रोकिराखेको टिफरभित्र रहेको नगद चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।  उनीहरुले टिफरको डोका खोली नगद् चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । 

 

पक्राउ पर्नेहरुको परिचय खुलाइएको छैन्  । उनीहरु १७ वर्षीय र १५ वर्षीय रहेका छन् ।

 

उनीहरुले गत भदौ ३ गते गोकुलगंगा गाउँपालिका २ देउरालीमा रोकिराखेको ग १ क ४३७१ नं को टिफरभित्र रहेको नगद ५६ हजार चोरी गरेका हुन् । 

 

बिग्रिएर रोकिराखिएको टिपरभित्र रहेको नगद ५६ हजार रुपैयाँ गाडीको लक खोली गत भदौ ६ गते पालिकाकै देउरालीबाट-शिवालय  तर्फ आउदै गरेको को २ त २६७२ नम्बरको ट्याक्टरमा फेला परेको थियो । उक्त ट्याक्टर चेकजांच गर्ने क्रममा  टिपरबाट हराएको झोलासहित नगद् फेला परेपछि अनुसन्धान गर्दा उनीहरुले टिफरबाट पैसा झिकेको स्वीकार गरेको  जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशकर श्रेष्ठले जानकारी दिए । 

 

उनका अनुसार ट्याक्टरमा टिफर चालक अर्घाखाँची जिल्ला शितलगंगा गाउँपालिका ९ बस्ने कुल बहादुर सारुको परिचय खुल्ने परिचयपत्रहरु समेत फेला पारेकाले प्रहीले सोधबुझ् गर्दा टिफरबाट झिकेको स्वीकारेका हुन् । चेकजाँचको क्रममा ११ हजार नगद मात्रै फेला परेको हो । 


उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रामेछापबाट दिन ५ म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।