बेतालीमा अर्काको घरभित्र पसेर रेडियो, क्यामेरा र नगद चोरी गर्ने कार्की पक्राउ

| भदौ ९, २०७८ बुधबार

संकेतिक तस्विर
A A A
A A A

९ भदौ,रामेछाप । बेतालीमा स्थानीय रुद्र बहादुर खड्काको घरमा चोरी गर्ने सोही ठाउँका ३० वर्षीय रमेश कार्की पक्राउ परेका छन् ।

 

 

उनले गत भदौ ५ गते खड्काको घर गोकुलगंगा गाउँपालिका ४ बेतालीमा घरमा कोही नभएको मौका छोपी घरको ढोका खोलेर घरभित्र सिरानीमुनी राखेको नगद रुपैया २५ हजार चोरेका थिए । 

 


साथै कार्कीले खड्काको घरबाट क्यामेरा र रेडियो समेत चोरी गरी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

 

 

उनका अनुसार चोरी गरेर फरार रहेका कार्कीलाई प्रहरीले खोजतलास गर्ने क्रममा गत सोमबार बेताली बजारबाट पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीलाई जिल्ला अदालत रामेछापबाट दिन ५ म्याद थप गरी अनुसन्धान भईरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।