मन्थलीमा मापसे गरेर प्रहरीलाई गाली गलौज् गर्ने ट्रक चालक प्रकाउ
संकेतिक फोटो फाइल
३,वैशाख, मन्थली । मापसे गरेर ट्रक चलाएर प्रहरीकाे टाेलीलाई गाली गलाेज गर्ने एकलाई प्रहरीले पक्राउ गरेकाे छ । डिउटीमा खटिएका टोलीमाथि अभद्र ब्यवहार गर्ने एक नियन्त्रणमा परेका हुन्। उनले मापसे सेवान गरि डिउटीमा खटिएका प्रहरीको टोलीमाथि तथानाम गाली गलौज गरेका थिए ।
गएको २०७७ साल चैत्र ३१ गते मन्थली नगरपालिका वडा १ आकाशे स्थित सडक खण्डमा ट्राफिक प्रहरी सहितको संयुक्त टोलीले खिम्तीबाट मन्थली र मन्थलीबाट खिम्ती तर्फ आवतजावत गर्ने सवारी साधनहरु चेकजांच गर्ने क्रममा ६ ः ०० बजेको समयमा खिम्तीबाट मन्थली तर्फ आउदै गरेको ना.५ ख ९९८६ नंम्बरको ट्रक तिब्र गतीमा आएको रोकेर कागजात देखाउनुहोस भनि शिष्ट तरिकाले प्रहरीले कागज पत्रमाग्दा चालकले कागजपत्र छैन भनि प्रहरी समेतलाई तथानाम गाली गलौज गरेको प्रहरीले भनेको छ ।
नियन्त्रणमा पर्ने तिर्थ बहादुर थिङ रहेका छन् । उनको बारेमा थप विवरण खुलाइएको छैन् । नियन्त्रणमा परेका ती चालकलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
नाेट: यसअघि समाचारकाे शिर्षक अन्यथा भएकोमा सच्याईएकाे छ । गल्ती भएकोमा सम्पादक टिम क्षमाप्रार्थी छाैं ।
