देउवा सरकारमाथि ओलीको कटाक्षः 'अहिलेको सरकार काम गर्दैन, बिगार्न र भत्काउन मात्रै लागेको छ' (पूर्णपाठ)

| भदौ ९, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

९ भदौ, रामेछाप । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन नसकेकोमा आफू दुखी रहेको बताएका छन् । उनले भने मेरै पालामा हत्या, हिंसाको बाटोमा लागेकाहरुलाई सहिबाटोमा ल्यान सके तर, पार्टी जोगाउन सकिन यसमा दुखित् छु । 

 

एमाले एकता भएको र १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको घोषणा गर्ने बुधबार एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले अहिलेको सरकारले काम नगर्ने तर, आफ्नो पालामा भएको सरकारले गरेका कामलाई भत्काउन, रोक्ने, बिगार्ने मात्रै काम गरेर बसेको आरोप लगाए  ।

 

त्यस्तै ओलीले अहिलेको सरकारले आउदो बैशाख सम्म पनि मेलम्चीको पानी काठमाडौं पुग्न नस्कने दाबी गरे । उनले बैशाखमै पानी पुर्याएर देखाउन देउवा सरकारलाई चुनौती समेत दिए । 

 

ओलीले एमालेबाट फूटेर छुट्टै दल दर्ता गरेको भन्दै माधव नेपाल प्रति रोष्ट प्रकट गरे । उनले नेपालले नेता तथा सांसद्हरुलाई चन्द्रगिरी रिसोर्टमा लगेर राखेकोमा आक्रोश पोख्दै नेता एवं सांसद्हरुमाथि जबरजस्ती गरेको दाबी गरे । उनले  भने 'नेताहरुलाई घर-घरमा पुगेर जबरजस्ती उठाएर लगियो ।  टाकुरामा लगेर थुनेर राखियो ।' 

ओलीले फूटेर गएकाहरुलाई पार्टीमा आउन चाहानेहरुलाई सधा स्वागत गर्दछौं भने। पूर्णपाठ यस्तो छ ।