रामेछापका आठवटै स्थानीय तहमा हेलिप्याड बनाउन प्रशासनको निर्देशन (निर्णयसहित)

| भदौ ९, २०७८ बुधबार

फाइल फोटो : दोरम्बाको हेलिप्याडमा अवरतण गरेको हेलिकप्टर
A A A
A A A

०९ भदौ, रामेछाप । रामेछापका आठवटै स्थानीय तहमा हेलिप्याड निर्माण गरिने भएको छ । विपद् व्यवस्थापन तथा उद्धारको लागि सहजहोस् भन्ने उदेश्यले हाल सम्म पनि हेलिप्याड् निर्माण नगरेका स्थानीय तहहरुलाई तत्काल हेलिप्याड निर्माण गर्नको लागि अनुरोध गर्ने निर्णय गरेका छौं रामेछापका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गौलोचन सैजूले भने।

 


बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । 

 

त्यस्तै प्राकृतिक विपत्तिबाट प्रभावित स्थानहरुलाई पहिचान गरि त्यस्तै बस्तिको स्थानान्तरणको लागि आवश्यक बजेट, स्रोत साधन, ब्यवस्थापन गर्न पनि आग्रह गर्ने निर्णय गरिएको छ । 

 

त्यस्तै २५ जना सम्म जनशक्ति परिचालन गर्ने गरि विपद्मा उद्दार टोली तयार राख्न पनि सचेत गराउने निर्णय गरिएको छ । 

निर्णय हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार