युरोप पठाइदिन्छु भन्दै प्रतिब्यक्ति ६ लाख रुपैयाँ ठगी गर्ने गोकुलगंगाका सुनुवार कोटेश्वरबाट पक्राउः करडौं ठगी गर्ने योजना

| भदौ १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० भदौ,रामेछाप । युरोप पठाइदिन्छु भन्दै ६ जना व्यक्तिहरुसँग नगद ६ लाख रुपैयाँ ठगी गर्ने रामेछाप एक जना पक्राउ परेका छन ।  

 

पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका-३ घर भएका ३३ वर्षीय पोश बहादुर सुनुवार रहेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको महानगरिय प्रहरी महशाखाले जनाएको छ ।

 

 

उनलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको जनाइएको छ । उनले काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-९ ज्याम्दी बस्ने ३० वर्षीय पुरुष समेत ६ जनालाई वर्किङ भिषामा युरोपियन देश लिथुनिया पठाइदिन्छु भनि रकम असूलेका थिए ।

 

उनले प्रतिव्यक्ति ७ लाख रुपैयाँ लाग्ने र लिथुनिया पुगेपछि होटलमा काम लगाइदिन्छु भनी विश्वासमा पारेको बताइएको छ । 

 


सुनुवारले ६ जनाबाट प्रति व्यक्ति १ लाखको दरले ६ लाख रुपैयाँ रकम लिई सम्पर्क बिहीन भई ठगी भएका थिए । पक्राउ परेका सुनुवारलाई आवश्यक अनुसन्धानका लागि लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।