रामेछाप नगरपालिकामा लकडाउन अबदिभर अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहने (सूचनासहित)

| भदौ १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० भदौ,रामेछाप । रामेछापको, रामेछाप नगरपालिकाले फेरी अत्यावश्क सेवा बाहेकका सबै सेवा बन्द गरेको छ । लकडाउन आगामी भदौ २२ गतेसम्म लम्बिएको रामेछापमा कोरोना रोकथाम तथा नियन्त्र समितिको निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले सोही अबदी भर अत्यावश्क बाहेकका सबै सेवा भदौ २२ गते सम्मनै बन्द गर्ने निर्णय गरेको हो । 

 

 

यसअघि पनि नगरपालिकाले सबै अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै आएको छ । 

 


नयाँ भेरियन्ट सहितको कोरोना रोकथाम नियन्त्रण गर्न भन्दै पटक पटक अत्यावश्यक बाहेकका सेवा बन्द गरेको भन्दै स्थानीय भने नगरपालिका प्रति रुष्ट भएका छन् । अन्य स्थानीय तहले काम पूर्ण गर्दा यो नगपालिकालाई मात्रै कोरोना फैलिने रहेछ भन्दै एक स्थानीयले आक्रोश पोखे ।  

 

 

आठ वटा स्थानीय तह रहेको रामेछापमा, रामेछाप नगरपालिकाले बाहेक अन्य सबै स्थानीय तहले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सेवा प्रदान गर्दै आइरहेका छन् । तत्कालिन समयमा सूचना जारी गरेर अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने रामेछाप नगरपालिका मात्रै बनेको छ । यो नगरपालिकाले पटक पटक अत्यावश्यक मात्रै प्रदान गर्ने निर्णय गर्दै आएको छ । 

 


आज  पनि प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लाम्गादेले सूचना जारी गर्दै डिसिसिएमसीको निषेधाज्ञा अबदी भर स्वास्थ्य सेवा, फोहोर मैलो ब्यवस्थापन बाहेकका सेवा स्थगित गरिएको उल्लेख गरेको छ ।  
 

सूचना हेर्नुहोस्