तत्काल क्रियाशील सदस्यता सार्वजनिक गरिनुपर्छ, हामी अधिवेशन विरोधी होइनौंः सभापति न्यौपाने

| भदौ १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० भदौ,काठमाडौं । नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपाने तत्काल क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्न माग गरेका छन् ।

 

राजधानीमा  संचारकर्मीसंगको संक्षिप्त कुराकानीमा उनले भने, ‘मतदाता नामावाली सार्वजनिक गर्नुपर्छ । मतदाताको नामावली प्रकाशनपछि मात्रै अधिवेशनको सुरुवात गर्नुपर्छ । मेरो रामेछापमा क्रियाशिल विवाद छैन् । आज बन्द कोठामा राखेर क्रियाशील सदस्यता पठाउने भन्ने कुरा पनि आएको छ, तर यो कुरा हामी मान्दैनौं ।’

 

उनले आफूहरु अधिवेशनको विरोधी नभएको पनि जिकिर गरे ।

 

उनले भने, ‘हामी अधिवेशनको कुनैपनि हालतमा विरोधी होइनौं, अहिले र भोलिपनि अधिवेशन गर्न जान्छौं । हामी कोही कसैको दाशी होइनौं । लोकतन्त्रमा विश्वास गर्ने जिल्ला सभापति हौं ।

 

हामीले सभापतिको विरोध गरेको होइन । अधिकारको कुरा गरेको हो । मतदाता नामावली निकालेर जाऔँ भनेर नेतृत्वलाई भनेका छौं । हाम्रो यही माग हो ।’