विधुत प्राधिकरण रामेछापः ढल्केबर-सिन्धुली र चरिकोट-मन्थली आउने बिधुतमा प्राविधिक समस्या देखियो

| भदौ ११, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

११ भदौ,रामेछाप । गएराति देखि परेको निरन्तरको वर्षाले नेपाल विधुत वितरण केन्द्र मन्थलीका विभिन्न ठाउँमा क्षेती पुर्याएको छ । 

 

वर्षाले ढल्केबरबाट सिन्धुली हुँदै मन्थली सबस्टेशनसम्म आउने ३३ के‍.भी. लाईन र लामोसाँघुदेखि चरिकोट हुँदै मन्थली सम्म आउने ३३ के.भी. लाईनमा प्राविधिक समस्या देखिेएको नेपाल विधुत प्राधिकरण वितरण केन्द्र रामेछाप मन्थलीले जानकारी दिएको छ । 


प्राविधिक समस्या देखिएकाले लाइन अवरुद्ध भएको जनाएको छ ।  प्राधिकरणले लाइन सुचारू गर्नको लागि प्राविधिक टोलि खटिई सकेको भनेको छ  ।

 

वर्खायाम सुरु भएयता लगातार दिनमा ३०–४० चोरी बिजुली आउदै जाँदै गर्दा प्रयोगकार्ता हैरान बनेका छन् ।  पटक पटक बत्ती गएर हैरान बनेपछि सदरमुकाम मन्थलीका स्थानीय अनुवासहितको टोलीले यसअघि प्राधिकरणको कार्यालय घेराउ समेत गरेका थिए ।

 

त्यस्तै विभिन्न राजनीतिक पार्टीका भातृसंस्थाहरु, मनावअधिकार संजालले प्राधिकरणको लापर्बाहिले बत्ती आउने जाने गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएका थिए ।