खाँडादेवीमाः आफ्नै बुहारीलाई खुर्पाले हानेर मार्न खोज्ने जेठाजू पक्राउ,

| भदौ ११, २०७८ शुक्रबार

सांकेतिक तस्विर
A A A
A A A

११ भदौ । रामेछाप । आफ्नै भाईकी श्रीमती (बुहारी) लाई ज्यान मार्ने नियतले खुर्पा प्रहार गर्ने जेठाजु पक्राउ परेका छन् । 

 


पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानी कोलपाखाका ५२ वर्षीय जनक लाल सुनुवार रहेका छन् । 

 

उनले आफ्नै भाई लाल बहादुर सुनुवारकी ४४ वर्षीय श्रीमती धन कुमारी सुनुवार बुहारीलाई गत बिहिबार ज्यान लिने गरि धारिलो हितयार खुर्पा प्रहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 


खुर्पा प्रहारबाट धनकुमारीको दायाँ हातको नाडिमा लागि हात छिन्ने अवस्थामा पुगेकाले तत्काल काठमाडौं पठाइएको छ । 

 

 

बुहारीलाई खुर्पाले हानेका जनक भने घरमै बसिरहेको अवस्थामा सोही दिन दिउँसो ३ बजे घरबाटै प्रहरीले पक्राउ गरेको छ । 

 

जनकले घर व्यवहार र साँध सिमानाको पुरानो रिसिबीले बुहारीको ज्यान लिने प्रयास गरेको अनुसन्धनबाट खुलेको रामेछाप प्रहरीका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए । 

 

पक्राउ परेका जनकमाथि आवश्यक अनुसन्धान कार्य भैहेको श्रेष्ठले जानकारी दिए ।